आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर

१८ भाद्र २०७४, आईतवार १०:१६

भदौ १८ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९२ पैसा र विक्रिदर २४ रुपैयाँ ०६ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ११ पैसा र विक्रिदर ९ रुपैयाँ १६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६० पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ५९ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ८६ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ४५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।