सरकार र राजपावीच सहमति जुट्यो : अब २ नं.प्रदेशमा चुनाब पक्का

२७ श्रावण २०७४, शुक्रबार ०६:१६

काठमाडौं, २७ साउन । बालुवटारमा सत्तारुढ दल र राजपावीचको वार्तामा संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको छ ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो ।

संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरु सहभागी थिए ।