धुर्मुस-सुन्तली बिराटनगरमा सम्मानित

२ भाद्र २०७४, शुक्रबार १२:४९

२ भदौ, बिराटनगर । चर्चित कलाकार एवं समाजसेवी सीताराम कटेल र कुञ्जना घिमिरे -धुर्मुस-सुन्तली)लाई आज विराटनगरमा सम्मान गरिएको छ ।

उद्घोष दैनिकको १३औं बाषिर्कोत्सवका अवसरमा कलाकारद्वयलाई १ लाख ११ हजार १११ रुपैयाँ राशीको श्रीप्रसाद-दिकराज दाहाल सामाजिक सम्मानबाट उनीहरु सम्मानित भएका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले धुर्मुस-सुन्तलीलाईसंयुtm रुपमा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा स्वर्गीय राजेश्वर रेग्मीको सम्झनामा स्थापित १० हजार १०० रााशीको राजेश्वर रेग्मी गजल पुरस्कार इलामको चुलाचुली-१ का विवश बलिभद्र कोइरालालाई प्रदान गरिएको छ ।

स्वर्गीय दिकराज दाहालका सुपुत्र कमलराज दाहालले आफ्ना माता-पिताका नाममा विभिन्न पुरस्कारहरु प्रदान गर्नेगरी श्रीप्रसाद-दिकराज दाहालका नाममा अक्षयकोष स्थापना गरेका छन् । श्रीप्रसाद-दिकराज दाहाल सामाजिक सम्मान हरेक दुई बर्षमा प्रदान गर्ने गरिन्छ ।

यसैवीच धुर्मुस-सुन्तली फाउण्डेशनले थाल्ने नयाँ नेपाल निर्माणको अभियानमा सहयोग गर्न मेयर भीम पराजुलीले व्याtmिगत १ लाख १ हजार १ सय र रिजालको पोलिट्यांकका संचालक नवीन रिजालले प्लाष्टिकका सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्