‘मलाई फोन नगर्नु’ भनेका थिए नेफ्टाका जुरीले, निर्णय दिएको १ घन्टामै फेरियो नतिजा

१४ पुष २०७३, बिहीबार ०८:४०

‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र भएपछि यसका निर्देशक दीपेन्द्र के खनालले अवार्ड नै थापेनन् । उनले यो अवार्ड लिदा लाज हुने भन्दै अवार्ड नलिएको बताएका छन् । उनले मंगलबार नेफ्टाको कार्यलय पुगेर अवार्ड नै फिर्ता गरिसकेका छन् । दीपेन्द्रले अवार्ड फिर्ता गरेपछि अहिले नेपालमा अवार्डको बिषयलाई लिएर नयाँ बहस सुरु भएको छ । नेपाली चलचित्र क्षेत्रमा कुनै अवार्ड पाएका व्यक्तिले अवार्ड नै फिर्ता गरेको संभवत यो पहिलो घटना हो ।

यसैविच, नेफ्टा अवार्डको निर्णयलाई लिएर भैरहेको विवादमा जुरी संयोजक भरत शाक्यले मुख खोलेका छन् । भरतले अनलाइनखबरसँग कुरा गर्दै आफूहरुलाई दुबई पुगेपछि आयोजकले कुनै मत्तलव नै नगरेको बताएका छन् ।