डेल अलीको दुई गोलसँगै टोटनहृयाम विजयी

१४ पुष २०७३, बिहीबार ०८:३६

घरेलु मैदानमा भएको खेलमा साउथहृयाम्पटनले अग्रता भने दोस्रो मिनेटमा नै लिएको थियो । तर, जोगाउन सकेन । १९ औं मिनेटमा अलीले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा टोनहृयाम हावी भयो । ५२ औं मिनेटमा हृयारी केनले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । पाँच मिनेट लगतै साउथ हृयाम्पटनले अर्को झड्का व्यहोर्‍यो । अलीलाई फल गर्दा रेडमन्ड रातोकार्ड खाँदै मैदानबाट बाहिरिए भने टोटनहृयामले पेनाल्टी पायो ।

तर, केन पेनाल्टीमा गोल गर्न चुके । खेलको ८५ औं मिनेटमा सन हुङ मेनले गोल गरे भने दुई मिनेट लगतै अलीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनहृयामले घरेलु टोलीमाथि ४-१ को जित निकालेको छ ।

जितसँगै टोटनहृयाम १८ खेलबाट ३६ अंकसहित पाँचौं स्थानमा छ भने २४ अंक जोडेको साउथ हृयाम्पटन आठौं स्थानमा छ ।