९ मंसिर राष्ट्रिय नाचघर,जमलमा दिनको २ बजे गीतकार उपाध्यायको एकल साँझ

८ मंसिर २०७५, शनिबार ०८:१२

काठमाडौं। गीतकार डा डीआर उपाध्याय एकल साँझका रूपमा दर्शक श्रोतामाझ आउँदै छन् उनले ९ मंसिरमा आफ्नो एकल साँझ आयोजना हुन लागेको बताए ।

‘डा डीआर उपाध्याय प्रतिनाद सांगीतिक साँझ २०७५’ मा आफ्ना गीतहरू विभिन्न कलाकारले प्रस्तुत गर्ने पनि उनले बताए । काठमाडौंको राष्ट्रिय नाचघरमा हुने यो कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ५१ हजार रुपैयाँसहित अभिनन्दन पनि गरिने भएको छ ।

अभिनन्दनसँगै डीआरका सात सांगीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन् । एकल सांगीतिक साँझका लागि संगीतकार राजु सिंहको संयोजनमा अहिले विभिन्न कलाकारहरूले गायन अभ्यास गरिरहेको पनि उपाध्यायले जानकारी गराए ।गीतकार तथा गायक डा डिआर उपाध्याय बहुआयमिक ब्यक्तित्व एल्वम प्रकाशनमा नौलो रेर्कड टोडदै छन ।