७ दिन थुनामा राखेर अग्रवाललाई अनुसन्धान गर्न प्रशासनको अनुमति

२६ चैत्र २०७६, बुधबार १४:३२

काठमाडौं , थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्बा स्टिल (शंकर ग्रुप) का सञ्चालक सुलभ अग्रवाललाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्याद प्रदान गरेको छ ।

महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिहंका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।

अग्रवाल हिजो नक्सालबाट पक्राउ परेका थिए । ५ हजार पर्ने गनलाई १५ हजारमा बिक्री गरेको आरोप अग्रवालमाथि छ ।