७८ प्रतिशत बालबालिका मात्रै पूर्ण खोप

२४ पुष २०७४, सोमबार ०९:१८

पुस २४, काठमाडौं ।
सरकारले धमाधम पूर्ण खोप सुनिश्चत जिल्ला घोषणा गर्दै गए पनि खोपको कभरेज दर भने घटिरहेको छ । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार दशभर ७८ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप खाएका छन् ।
स्वास्थ्य मन्त्री दीपक बोहराले पछिल्लो समय महिला स्वयंसेविकाको प्रयासले खोपमा उल्लेख्य सफलता हासिल गरेको बताए ।


“देशभर २१ प्रतिशत बालबालिकाले कुनै न कुनै खोप पाएका छन् । १ प्रतिशत बालबालिकाले मात्रै कुनै पनि खोप पाएका छैनन्” मन्त्री बोहराले भने ।
उनले बाल मृत्यु दरमा नेपालले ठूलो छलाङ मार्नुमा महिला स्वयंसेविकाको भूमिका सराहनीय रहेको भन्दै उनिहरुलाई राज्यले थप हौसला दिने खालको कार्यक्रम ल्याउने बताए ।
देशभर एक वषदेअिख पाँच वर्षमुनिका ६ लाख ४० हजार बालबालिका छन् ।