“६ वर्षमा बलात्कृत भएकी थिएँ” : ६५ वर्षीय अभिनेत्रीको खुलासा

१४ चैत्र २०७४, बुधबार ०९:३२

चैत १४, काठमाडौं ।

५० को दशककी वालकलाकार एवं फरहान अख्तरकी काकी डेजी इरानीले ६ वर्षको उमेरमा आफु बलात्कारको शिकार भएको बताएकी छिन् । बलात्कृत भएको ६० वर्षपछि रहस्य खोल्दै डेजि भन्छिन् ‘मलाई शारीरिक र मानसिक पीडा भएको थियो ।’

डेजीको भनाई अनुसार ६ वर्षको उमेरमा आफ्नो अभिभावक बकाल डेजीले उनलाई बलात्कार गरेका थिए ।
तत्कालीन समयमा उनी ‘हम पन्छी एक डाल’ को सुटिङमा थिइन् । रातीको समयमा होस्टेलको रुममा आएर बलात्कार गरेका थिए । बलात्कारपछि उनलाई बेल्टले हिर्काउनुको साथै कसैलाई भनेमा मारिदिने धम्कि दिएका थिए ।

उनी १५ वर्षको हुँदा आमाको आग्रहमा उनी साडी लगाएर निर्माता मलिकचन्द्र कोचरलाई भेटन पुगेकी थिइन् । निर्माता मलिकचन्द्र ‘मेरो हजुर’ निर्माण गर्ने तयारी गर्दै थिए । उनको अफिस मराठा मन्दिर सिनेमा मन्दिर नजिकै थियो ।

डेजीको भनाई अनुसार उनी सोफामा बसेकी थिइन् , मलिकचन्द्र पनि नजिकै आए र छुँदै कुरा गर्न थाले ।

उनले यो सब भन्नुको कारण अचेल टेलिभिजनमा धेरै ट्यालेण्ट शो हुन थालेको छ । धेरै वालवालिका यस्ता कार्यक्रममा सहभागी हुन्छन् । वालवालिकाहरु यौन दुब्र्यवहारको शिकार नहोउन् भने आफुले यो कुरा गरेको उनको भनाई छ ।

४ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी डेजीले ५० वढी फिल्ममा काम गरेकी छिन् । कुनै समय बलिउडमा उनको चर्चा यस्तो थियो उनका लागि अलग्गै खालको स्त्रिmप्ट लेख्ने चलन सुरु भएको थियो ।