६० वटी श्रीमती भएका पुरुष

२५ असार २०७५, सोमबार १०:३७

असार २५, काठमाडौं । एजेन्सी

दुई श्रीमतीको पोई कुनो बसी रोई भन्ने उखानलाई मान्ने हो भने कुनै पनि पुरुषले एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्न कठीन छ ।

तर यो दुनियाँमा एकजना यस्ता मानिस छन् जसले एकदुई जना होइन पूरै ६० जना पत्नीलाई मिलाएर राखेका छन् ।

आधुनिक युगमा समेत ६० वटी पत्नीका जोई हुनु कुनै चानचुने कुरा होइन । हुनत यी व्यक्ति पनि चानचुने कहाँ हुन् र ? उनी परे कोन्याक आदिवासी समुदायका राजा ।

उनको नाम अंग नगोवांग हो । उनको राज्यमा कूल ७५ वटा गाउँ छन् । भारत र म्यान्मारको बीचमा पर्ने आदिवासी क्षेत्र यिनको राज्य हो । गाउँको आधा हिस्सा भारतमा र आधा हिस्सा म्यान्मारमा पर्दछ । यो राज्यका मानिसहरु म्यान्मारमा खाना खाएर भारतमा सुत्न जान्छन् भनिन्छ ।

यी राजाका छोरा म्यान्मारको सेनासँग आबद्ध छन् । यो राज्यका मानिसहरुलाई भारत र म्यान्मार दुबै देशको नागरिकता दिइएको छ । गाउँलेहरु निकै खुसी छन् ।

राजा अंग नगोवांग आफ्ना ६० जना पत्नीसाथ निकै सुखभोग गरिरहेका छन् । राजाको सबै काम प्रजाहरुले गरिदिन्छन् र रानीहरुका सबै इच्छा राजाले पूरा गरिदिन्छन् । ६० वटी पत्नी मिलिजुली राजाको स्याहार तथा हेरचाह गर्दै आएका छन् । राजा हरेक इच्छा उनीहरुले पूरा गर्ने गरेका छन् ।