५२० आयोजनालाई अनुदान

२२ पुष २०७६, मंगलवार १२:१२

काठमाडौं, चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले अनुदान पाउने भएका छन् । प्रस्तावित एक हजारभन्दा बढी आयोजनामध्ये ५२० छनोटमा परेक हुन् ।

यी अयोजनलाई बजेट दिन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिसमा परेका आयोजना तथा कार्यक्रमको कुल लागत २३ अर्ब १८ करोड रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार कुल लागतमध्ये संघीय सरकारले १० अर्ब ८३ करोड ७७ लाख रुपैयाँ र स्थानीय सरकारले ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ खर्च गर्नेछन् । चालू आर्थिक वर्षका लागि सरकारले बजेटमार्फत स्थानीइ तहमा समपूरक आयोजना सञ्चालन गर्न ५ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

छनोटमा परेका ५२्र० आयोजनाका लागि कुल ४ अर्ब ७५ करोड रुपैयाँ स्थानीय तहले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयका अनुसार वहुवर्षीय योजनामा रहेका कतिपय आयोजनालाई बजेट अपुग भएमा रकमका लागि स्थानीय तहले अर्को वर्षसमेत बजेट माग गर्नसक्ने व्यवस्था मिलाइएको छ । (आजको कारोबार दैनिकबाट)