काठमाडौं–
नेपाल प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ का श्यामलाल तामाङलाई ४ किलो चरेससहित पक्राउ गरेको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले सोमबार साढे २ बजे नागढुङ्गामा चेकजाँच गर्ने क्रममा तामाङले लुकाइछिपाइ ल्याएको चरेस बरामद गरेको हो।उनीमथि लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको छ।