४२ जना वकिल उभिए ३३ किलो सुन तस्करको पक्षमा : ८ जना मात्रै रहे सरकारको पक्षमा

२७ बैशाख २०७५, बिहीबार ०७:००

वैशाख २७, काठमाडौं ।

सुन तस्करको पक्षमा ४२ जना वकिल उभिएको बताइएको छ । उनीहरुले सुन तस्करी काण्डमा मुछिएका अभियुक्तहरुको पक्षमा बहस गर्ने बताइएको छ ।

मोरङ जिल्ला अदालतमा आजबाट बादी-प्रतिबादीको पक्ष बिपक्षमा बहस सुरु हुँदैछ । सुन तस्करको तर्फबाट ४२ जना वकिल र ८ जना सरकारी वकिलले नेपाल सरकारको तर्फबाट बहस गर्ने जिल्ला अदालत मोरङले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्तादेखि उच्च सरकारी वकिल र महान्यायाधिवक्तासम्मले सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याको बिषयमा बहस गर्ने बताइएको छ । जिल्ला अदालतमा वकालतनामा मार्फत् ४२ जनाले सोही मुद्दामा बहसका लागि आफ्नो नाम दर्ता गराइसकेको जानकारी पाइएको छ ।