३० किलोको लहेंगा लगाएर र्‍याम्पमा अभिनेत्री करिना कपुर 

१३ श्रावण २०७५, आईतवार १४:३४

साउन १३, काठमाडौं ।

बलिउड अभिनेत्री करिना कपुरको ज्यान हेर्दा ३० किलो पनि छन् कि छैनन् जस्तो लाग्छ । तर, उनी शुक्रबार ३० किलोको लहेंगा लगाएर र्‍याम्पमा उत्रिइन् ।

इन्डिया कुटुर विक २०१८ मा करिनाले क्याटवाक गरेकी हुन् । लहेंगामा उनी निकै सुन्दर देखिएकी थिइन्, तर लहंगाको बोझले गर्दा हुनुपर्छ उनको अनुहारको चमक भने उडेको थियो । उनले अरु कुनै गरगहना भने लगाएकी थिइनन् ।

र्‍याम्पपछि करिनाले भनिन्, ‘लहेंगा यति भारी थियो कि मलाई मेरो पिठ्यू भाँच्चिएला जस्तो लागिरहेको थियो । अहिले पनि ढाड बेस्सरी दुखिरहेको छ ।’

लुगा भारी भए पनि आफूलाई निकै ग्ल्यामरस महसुस भइरहेको करिनाले बताइन् ।

केही समय यता करिना दुब्लाएर झिरिप्प भएकी छन् । छोरा तैमुरलाई जन्म दिएको केही दिनदेखि नै उनले आफ्नो ज्यान घटाउन थालेकी थिइन् । कतिपयले उनाके शरीरमा हड्डी र छाला मात्रै बाँकी रहेको भन्दै मोटाउन सुझाव दिएका छन् ।

बच्चा जन्माएपछि करिनाको फिल्म ‘वीरे दि वेडिङ’ प्रदर्शनमा आइसकेको छ ।