२ दिने निशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सुरु रामेछापको माकादुममा

६ मंसिर २०७६, शुक्रबार १६:१५

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका माकादुममा आज र भोली २ दिन मोतिविन्दु शल्यक्रिया आँखा शिविर सुरु भएको छ । खाँडादेवी गाउँपालिकाका स्वास्थ्य संयोजक ओम प्रकाश श्रेष्ठका अनुसार २ दिनसम्म सन्चालन हुने शिविरमा आँखाको रोगीहरुहरुले फाईदा लिन सक्ने छन । साथै शिविरमा आँखाको जाँच तथा उपचार , मोतिविन्दुको शल्यक्रिया लगायत आँखा सम्बन्धि विभिन्न ंरोगहरुको उपचार गर्न सक्ने छन ।

खाँडादेवी गाउँपालिका कार्याललय माकादुम , तिलगांगा आँखा प्रतिष्ठान , काठमाण्डौ , जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप र र सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरण स्वास्थ्य तथा सरसफाई परियोजना मन्थली रामेछापको आयोजनामा शिविर सन्चालन भएको हो । शिविरमा रामेछाप जिल्लाको खाँडादेवी , दोरम्बा र सुनापति गाउँपालिकाका आँखाका रोगीहरुले लाभ लिन सक्ने छन ।