१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ चैत्र २०७६, बुधबार १३:२९

सर्लाही , १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । लालबन्दी नगरपालिका १३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।