१३ हजार घुससहित असई पक्राउ

१ कार्तिक २०७६, शुक्रबार १०:३१

काठमाण्डौं , नगद १३ हजार घुस रकमसहित प्रहरी चौकी कटुधारका इन्चार्ज असई व्रिजेश कुमार चौधरी बिहीबार रंगेहात पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौशाला मातहत रहेको कटुधार चौकीका इन्चार्ज चौधरीले व्यापारीलाई भारतबाट सामान ओसार पसार गर्न मिलाइदिने भन्दै रकम लिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले निवेदन गरेपछि चौकीमाथि निगरानी बढेको थियो । सोही क्रममा इन्चार्ज चौधरीलाई रंगेहात नियन्त्रणमा लिएको हो । उनलाई अख्तियारको टोलीले बर्दिवास लगेको छ ।