१३ वर्षपछि ठूलो पर्दामा बलिउड अभिनेत्री शिल्पाको कमब्याक

३ पुष २०७६, बिहीबार १५:००

एजेन्सी , मुम्बई , बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि ठूलो पर्दामा देखिन थालेकी छन्। उनी सब्बिर खानको फिल्म ‘निक्कमा’ मार्फत कमब्याक गर्दै छिन्। शिल्पाको कमब्याक एक्सन थ्रिलर फिल्ममा अभिमन्यु दासानी र सोसल मिडिया सेन्सेसन सर्ली सेतिया लिड रोलमा छन्।

हालै शिल्पाले आफ्नो फिल्मको रिलिज डेट पनि सार्वजनिक गरेकी छन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो कमब्याक फिल्म निकम्माको फर्स्ट लुक सेयर गर्दे लेखेकी छन्, ‘निकम्मा ६ जुन २०२० मा रिलिज हुँदैछ। सब्बिर, अभिमन्यु र शर्लीसँग काम गर्दाको अनुभव सानदार रह्यो।’

फिल्मबाट आफ्नो १३ वर्ष लामो ब्रेकबारे शिल्पाले भनेकी छिन्, ‘टाढा रहे पनि म फिल्म उद्योगको हिस्सा हुँ।’ उनी पछिल्लो पटक २००७ मा फिल्म ‘लाइफ इन् ए मेट्रो’ र अपने’ मा देखिएकी थिइन्।