१० हजार घुससहित एक कर्मचारी पक्राउ

१५ माघ २०७६, बुधबार १०:१७


चितवन , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मङ्गलबार आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित पक्राउ गरेको हो ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिनुभयो । अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ ।