ह्याम्समा सारियो पूर्वमन्त्री अधिकारीलाई

२६ माघ २०७५, शनिबार १२:५५
भरतमोहन अधिकारी

काठमाडौं , पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीलाई ह्याम्स अस्पताल धुम्बाराहीमा सारिएको छ । बिरामी भएर उहाँलाई विगत एक महिना अगाडिदेखि नै मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिएको थियो । उहाँको छातीमा समस्या देखिएको छ । मेडिसिटी अस्पतालमा अधिकारी रहँदा राम्रोसँग स्वास्थ्य सेवा नपाएको नेकपाका नेताहरूले बताउँदै आएका छन्