हेमन्त शर्माको लोक दोहोरी ‘बनमारा’ बजारमा

२१ भाद्र २०७६, शनिबार १५:५७

काठमाडौं , आधुनिक गीत–संगीतका लोकप्रिय गायक हेमन्त शर्माको ‘वनमारा’ लोक दोहोरी गीत बजारमा आएको छ । गायक शर्माले लोकप्रिय लोकगायिका विष्णु माझीसँग मिलेर उक्त गीत ल्याएका हुन् ।

प्रेम भाव प्रस्तुत गरिएको उक्त गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता पुष्प खड्का अभिनेत्री मरिष्का पोखरेल तथा गायक शर्माको अभिनय छ । भिडियोको निर्देशन शिव बिकले गरेका छन् ।