हिमालय हाइड्रोको एक्सपोको तयारी अन्तिम चरणमा

२८ मंसिर २०७४, बिहीबार ०३:४७

मंसिर २८, काठमाडौं । आगामी पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने हिमालय हाइड्रो एक्स्पो–२०१८ को तयारी ७५ प्रतिशत सकिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था –इप्पान) नेपाल र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाईड्रो एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ । राष्ट्रिय आयोजना आयोग, ऊर्जा मन्त्रालय, जनसंखया तथा वातावरण मन्त्रालयको संरक्षकत्वमा हुन लागेको एक्स्पोमा जलविद्युत्का मुख्य विषयमा तीनवटा सेमिनारको आयोजना गर्न लागेको हो ।  एक्स्पोमै युवा पुस्तालाई लक्षित गर्दै हाइड्रो पावर क्षेत्रमा अभिरुचि भएकाहरुलाई आकर्षित एवं प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । उनका अनुसार जलविद्युतसम्बन्धि उत्पादन र सर्भिसको विकाससम्बन्धी प्रतिस्पर्धा गराई विद्यार्थी र नयाँ अविस्कार गर्नेहरुमध्येबाट उत्कृष्ट छनोट गरी प्रथम हुनेलाई ५० हजार रुपैयाँभन्दा बढी तथा द्वितीय र तृतीयलगायत अन्य सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिस्तरका जलविद्युत क्षेत्रमा संलग्न कम्पनीका प्रतिनिधिहरु एक्स्पोमा सहभागी हँदैछन् । विशेषगरी भ्वाइथ, क्यासटल,फ्लोभेल, भापटेक, माभेल, बिएफलजस्ता बहुराष्ट्रिय कम्पनीले पनि एक्स्पोमा सहभागीता जनाउनेछन् । एक्स्पोमा जलविद्युत् निर्माता, सामान उतपादक, स्पलायर्स, डिजाइनर्स, क्न्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरुको सहभागीता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदानप्रदान गर्ने मुख्य केन्द्र बन्ने विश्वास इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईको छ । उनका अनुसार एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायतका देशका कम्पनीहरुको सहभागिता रहनेछ ।  सरकारले ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोमा एक्स्पोले जलविद्युत् आयोजनाच निर्माणका लागि ज्ञान सीपदेखि उपकरणहरुको जानकारी दिएर अघि बढाउन सहज हुने विश्वास गरिएको छ । –कारोबार दैनिक