हिमपातका कारण परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा

२७ मंसिर २०७६, शुक्रबार १०:५३

डोल्पा , हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । बिहीबारदेखि डोल्पाका उपल्लो र मध्य भागमा भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।
लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीका कारण हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काँप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको जानकारी दिनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको पनी उहाँले बताउनुभयो । विद्यालयको प्राङ्गणमा आगो बालेर परीक्षा दिलाउन थालिएको उहाँले बताउनुभयो ।त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा र वृद्धवृद्धालाई बढी प्रभावित बनाएको छ ।