हिन्दु राष्ट्रको पुनःस्थापना र राजसंस्थाको पुनर्वहालीका लागि प्रदीपबिक्रम राणाको सक्रियता बढ्यो

३ फाल्गुन २०७५, शुक्रबार १९:२८

काठमाण्डौ, हिन्दु राष्ट्रको पुनःस्थापना र राजसंस्थाको पुनर्वहालीका लागि हिन्दुवादी र राजाबादीले आन्दो्लन गर्ने भएका छन । अहिलेको राजनीतिक अवस्थामा यी दुवै विषयबस्तुको खाँचो रहेको भन्दै उनीहरुले संघर्षका कार्यक्रम गर्ने भएका हुन । हिन्दु राष्ट्रको पुनःस्थापना र राजसंस्थाको पुनर्वहालीका लागि अभियान चलाउँदै आउनु भएका प्रदीपबिक्रम राणाले यही साताबाट नयाँ कार्यक्रम थालनी गर्ने बताउनु भयो । उहाँले अब चरणबद्ध अभियान चलाउने बताउदै राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना र पुनर्वहाली गर्ने बताउनु भयो । राणाले भन्नु भयो, हिजो एकजना राजा हुँदा सबै बिग्रियो भन्नेहरु अहिले धेरै राजा पालेर बसेका छन् ।’ अहिले राणाको सक्रियता बढेको छ । राणासहित वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराई, शिव सेनाका अनिल बस्नेतलगायतले काठमाडौंका विभिन्न ठाउँमा एक महिनासम्म सचेतना भेला गर्ने तयारी गरेका छन् । राणाले कुनै पार्टी र समूहको कार्यक्रम नभई देश बचाउने अभियान भएको बताउनु भयो । आन्दोलनका लागी प्रत्येक जिल्लाबाट जनता काठमाडौं उतार्ने योजना रहेको राणाले बताउनु भयो ।‘कुनै पनि बहानामा देश बिगार्न पाइदैन, यो कुनै पार्टीको पेवा होइन त्यसैले खतरा महसुश भएको छ’ राणाले भन्नु भयो , अव राजसंस्थाको खाँचो भएको भन्दै राणाले दलको गतिविधि देखेर जनता दिक्क भएको बताउनु भयो । उहाँले तराइमा भएको पूर्वराजाको भ्रमणबाट राजसंस्था प्रति जनतामा उत्साह छाएको बताउनु भयो । राणाले राजसंस्थाको लागि भनेर ठेक्का लिएका केही राजावादी पार्टीहरुले राजसंस्थाको नाम बेचेर स्वार्थमात्र लिएको र अन्तिममा अलपत्र पारेर छोडिदिएको बताउनु भयो ।