हामीलाई फुटाउने , टुटाउने खेल दलहरुको स्वार्थले गरेको छ

१८ बैशाख २०७६, बुधबार १८:२६

बिष्णुप्रसाद शर्मा

२०४६को परिवर्तनले नेपालमा ठूलै प्रगति र विकास हुने आशा सवै जनताले लिएका थिए । राजा श्री ५ महेन्द्रले दलहरुलाई काम गर्न नदिएकै हुन की ? भन्र्ने पनि थियो । २०३६ को जनमत संग्रहले भित्राएको संकटले २०४६ आयो ।

विपिले चुनाव हारे , देशले नामले मात्रै जित्यो , तर कामले जनमत संग्रह त भारतको काँग्रेस आईले जितेको थियो । २०४६ को परिवर्तनले मुलुकले दश बर्ष आतंक भोग्यो । २०६३को परिवर्तनले सिङ्गो नेपाललाई चपाउँदै छ ।

उदाहरणका लागी चन्द्रागिरीको सात सय विस रोपनी वन , दहचोकको थुम्को , खुलामञ्च , रानीपोखरी , बगर , डगर , वालुवाटावर , मठमन्दिर र खोला छेउ छाउका सार्वजनिक जग्गा , पोखरीको अवस्था तथा भृकुटी मण्डपको अवस्थाले प्रष्ट भएकै छ ।

तसर्थ , नेपाल संरक्षणमा सवै नेपालीहरुले दल मोह त्यागेर झुठ्ठा आश्वासन भुलेर चन्द्र सूर्य अंकित राष्ट्रको झण्डा मुनी गोलवद्द हुदै वैदिक सनातन धर्म संस्कार र नेपाली भाईचाराका लागी जुटौं । हामीलाई फुटाउने , टुटाउने खेल दलहरुको स्वार्थले गरेको छ । अव सवै जनताले बुझौ । शर्मा नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।