हाँस्य टेलिश्रृङ्खला “गोलमाल” ट्रेण्डिङमा रम्दै

३ असार २०७६, मंगलवार १३:५९

काठमाडौँ , नेत्र राउतको लेखन तथा निर्देशन रहेको हास्य टेलिश्रृङ्खला “गोलमाल” टेण्डिङमा रम्न थालेको छ । नेपाल टेलिभिजनका लागि भाईब्स क्रियसनको प्रस्तुती हाँस्य टेलिश्रृङ्खला गोलमालले पछिल्लो समय दर्शकको नजर तानिरहेको छ ।

यस टेलिश्रृङ्खलाका परिकल्पना तथा निर्माता पशुराम रिजाल हुन् भने छायांकन सागर खड्का हुन् । कृष्ण मगल श्रेष्ठ, नबिना श्रेष्ठ, शिवहरी नेपाल, अस्मिता बस्नेत, रुपक रम्तेल, अनुमती नेपाली, सन्ध्या बुढा, यादब थापा र अन्य कलाकारले अभिनय गर्दै आएका छन् ।

यसको सम्पादन रविन्द्र खड्काले गर्ने गरेका छन् भने सह निर्देशक शिवहरि नेपाल हुन् । यसमा टेलिश्रृङ्खलामा हाँस्य विधालाई बढि प्राथमिकता दिने गरिएको छ भने विभिन्न व्यंग्यात्मक तरिकामा सन्देश पनि दिईएको हुन्छ ।