हवाई भाडामा १० प्रतिशत छुट

३० भाद्र २०७६, सोमबार १०:०६

काठमाडौं, निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीहरुले दसैं, तिहारमा यात्रुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने भएका छन् ।

नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरेर निजी हवाई सेवाप्रदायक कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन) ले असोज १२ देखि कात्तिक १७ गतेसम्म १० प्रतिशत छुट दिने जनाएको छ ।

आइतबार संघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई टिकट सेवाप्रदायक कम्पनीको काउन्टरबाट नै खरिद गरेमा १० प्रतिशत छुट दिने भएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।