हवाई इन्धन र ग्याँसको मूल्य घट्यो

४ आश्विन २०७६, शनिबार ११:३२

काठमाडौं , नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्याँसको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्याँसमा प्रतिसिलिन्डर २५ घटाएको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्याँसको मूल्य प्रतिसिलिन्डर एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनु भयो । अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्याँसमा प्रतिसिलिन्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ ।