हरेक तानाशाहीविरुद्द लड्दै आएका हौंः देउवा

२५ बैशाख २०७६, बुधबार १८:३२

काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेका सभामुख नेपालको संसदीय इतिहासमै निरीह सभामुख भएको बताउनु भएको छ । नेपाली कांग्रेसको बुधबारबाट देशभर सुरु भएको राष्ट्रिय जागरण अभियानको काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले अहिलेका सभामुख इतिहासमै कमजोर, डरपोक र काँतर भएको बताउनु भएको हो ।

सभापति देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो , हाम्रो पार्टी समक्ष ठूलो जिम्मेवारी छ । हरेक तानाशाहीविरुद्द लड्दै आएका हौं । उनीहरुलाइ परास्त गरेकै हौँ ।

अब कुनै पनि बहानाको तनाशाह जुन रुपमा होस् आफ्नो पार्टी र नेपाली जनतालाई सह्‍य नहुने बताउनु भयो । उहाँले भन्नु भयो ,
राणा, पन्चायत, राजा ज्ञानेन्द्र हटायौं । अहिलेको सरकारको यही शैली रहे हामी सडकबाटै यिनीहरुलाइ हटाउँछौँ । नियत यस्तै हो भने हामीले मुक्ति पाउन आन्दोलन गर्नैपर्छ ।