हंगामा मच्चियो प्रियंका कार्कीले ‘फास्ट फास्ट’ भनेपछि (भिडियो हेर्नुस्)

२७ बैशाख २०७५, बिहीबार ०८:३९

वैशाख २७, काठमाडौं ।

सबैको मन जित्ने खालको नयाँ गीत ‘फास्ट–फास्ट’ कल्पना बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गर्दै नायीका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोलाई प्रस्तुत गरेको छ ।

गायक शंकर थापा ‘स्माईल’ र गायीका सुमि चाम्लिङ राईको स्वरले भरिएको यो गीतमा गीतकार डि.पी. खनालको शब्द रचना रहेको छ भने संगीतकार एवं गायक शंकर थापा ‘स्माईल’को संगीत रहेको छ । संगीत संयोजक उदयराज पौडेल को संगीत संयोजन रहेको छ ।

फास्ट फास्टमा अहिलेकी चर्चित नायिका तथा हालै एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो “बुगिबुगी”कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा डान्स ग्रुप ‘नेपाली ठिटोज’ को धमाकेदार नृत्य तथा अभिनय रहेको छ ।