स्व.नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि घिमिरेसहित १२ लाई प्रदान

१९ मंसिर २०७४, मंगलवार ११:१६

शशिशेखर घिमिरे
मंसिर ९ ,काठमाण्डौं ।
यस वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ । सम्मान पाउने अन्यमा वरिष्ठ संगीतकार एवं गायक सीके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायत छन् ।

स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवसका अवसरमा नारायणगोपाल संगीत कोषले काठमाडौंमा आज गरेको कार्यक्रममा संगीतकार तथा गीतकारहरुलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । नेपाली गीत–संगीतको विकासको क्षेत्रमा उच्च योगदान पुर्‍याएकाले उनीहरुलाई सम्मान गरिएको नारायणगोपाल संगीत कोषले जनाएको छ ।नारायणगोपालको निधनपछि नेपाली सुगम संगीतको विकासमा क्रियाशील गीतकार तथा संगीतकर्मीलाई नारायणगोपाल स्मृति दिवसको अवसरमा सम्मान गरिँदै आएको छ । नारायण गोपालको सयौं कालजयी गीतहरु आज पनि उतिकै चर्चित र सदाबहार रहेका छन् । स्वरस्रमाट र जनजनका गायक आज हामी सामू नरहेपनि उनका कालजयी गीतसंगित सदा नेपाली सागीतिक धरोहरमा गुन्जीरहोस् यही कामना ।