स्व अधिकारीको परिवारलाई नै खाली भएको निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउन आफू लागिपर्ने बामदेवको घोषणा

१८ फाल्गुन २०७५, शनिबार ११:०३

काठमाडौं, नेकपाका नेता बामदेव गौतमले स्व मन्त्री रवीन्द्र अधिकारीको परिवारलाई नै खाली भएको निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउन आफू लागिपर्ने बताउनु भएको छ ।
नेता गौतमले एक बक्तव्य जारी गर्दै आफ्नो इच्छाविरुद्ध पार्टीले निर्णय गरे पनि मन्त्री अधिकारीको निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा परिवारलाई नै उम्मेदवार बनाउन आफू लागि पर्ने बाचा गर्नु भएको हो । उहाँले आफू विरुद्ध गलत समाचारको प्रचार गरिएको भन्दै गुनासो गर्नु भयो ।
ुनेपाली राजनीतिक आकाशमा उज्ववल् भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस भएको बताउनु भएको छ । उहाँले श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिंवगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएकोमा आपत्ति जनाउनु भएको छ । उहाँले भन्नु भएको छ, यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो । मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको जीवनभर नदिने उहाँले बताउनु भएको छ ।