स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नु पर्ने देखिन्छः मन्त्री बराल

३० पुष २०७५, सोमबार ११:३७

बुटवल, प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य क्षेत्रलाई स्वस्थ बनाउनु अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ । स्वास्थ्य क्षेत्र स्वस्थ नहुँदा अस्पताल र स्वास्थ्य सेवा नै गुणस्तरीय हुन नसक्ने उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि आफ्नो तर्फबाट महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । ‘संरचना, नीति, स्टाइल, संरचना अस्वस्थ हँुदा समस्या देखिएको छ, अब हामीले आफैबाट यो क्षेत्रलाइ स्वस्थ बनाउन सुरुवात गर्नुपर्छ ।’ बरालले भन्नुभयो ।


हेल्थ असिष्टेन्ट संघ हान नेपाल हानको प्रदेश ५ स्तरीय सम्मेलनको उद्घाटन गर्दै सामाजिक बिकास मन्त्री बरालले हानले उठाएका बिषयलाई न्यायोचित सम्बोधन गर्ने बताउनुभयो । बरालले सेवालाई गुणस्तरीय बनाउन मन्त्रालयले कर्मचारी ब्यवस्थापन तथा सबैका लागी सेवादिने खालको बनाउने तर्फ चिन्तित रहेको उल्लेख गर्नुभयो ।
हानका केन्द्रीय कार्यबाहक अध्यक्ष दिपेन्द्र खड्का र प्रदेश संयोजक अनिलसिह ठकुरीले गुणस्तरीय सेवाका लागि योग्यताको कदर गर्नुपर्ने भन्दै योग्यता नभएकाहरु चोर बाटोबाट छिरेर सेवामाथी आशङ्का उब्जाउने कार्य गरेको प्रति हानले प्रतिकार गरिरहने बताउनुभयो । हानले स्वास्थ्य क्षेत्रमा शैक्षिक योग्यताको आधार र लोकसेवाको प्रक्रियाबाट पदिय जिम्मेवारीको ब्यवस्थापन गर्नुपर्ने माग उठाउँदै आएको छ ।
कार्यक्रममा प्रदेश ५ का १२ जिल्लाबाट एकसय बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । सो अबसरमा गुल्मी अध्यक्ष राजेश ज्ञवाली, रुपन्देही हानका अध्यक्ष अबिनाश अधिकारी, हानका पुर्ब क्षेत्रीय संयोजक गिरी तरामु मगर लगायतले बोलेको हानका रुपन्देही सचिब मदन पोखरेल सुमनले जानकारी दिनुभयो ।