स्रमाट दशैंको टिका दिन बेपत्ता

३ कार्तिक २०७५, शनिबार ०९:३७

 

पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट बडादशैं टिकाका दिन बिहान १० बजेदेखि बेपत्ता भएका छन् ।

सम्राट बिहान नभप्रतिभा बोर्डिङ स्कूलमा साथी भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए ।स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन गयौँ अहिलेसम्म कतै भेटिएन । सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् ।

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ ।