स्यालसँग शेरले धोका खाने दिन गएः नेपाल

२६ पुष २०७७, आईतवार १३:०८


नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बाठो स्यालको संज्ञा दिएका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहले आइतबार बिहान जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले शेर र स्यालको कहानी जस्तै प्रधानमन्त्री ओलीले आफुलाई बाठो स्याल ठानेको बताए ।

नेता नेपालले विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गिरिजाप्रसाद कोइराला र आफुलाई छुट्टै प्रलोभन देखाएर निरंकुश शासन व्यवस्था टिकाउन खोजेको स्मरण गर्दै उनले भने, ‘तर, स्यालसँग शेरले धोका खाने दिन गए ।’