स्यानिटरी प्याडको १२ प्रतिशत कर हट्यो

६ श्रावण २०७५, आईतवार १३:१५

साउन ६, काठमाडौं । एजेन्सी

भारत सरकारले महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा लगाईएको १२ प्रतिशतको कर हटाएको छ ।

भारतमा प्रत्येक ५ मध्ये ४ महिला महिनावारी स्वास्थ्यका सामाग्रीबाट बञ्चित रहेको तत्थ्याङ्क सार्वजनिक भएसंगै भारत सरकारले यस्तो निर्णय गरेको हो ।

स्यानिटरी प्याडको कर हट्यो
१२ प्रतिशत करले महिलाको पहँुचलाई अझै अप्ठ्यारो पारेको अभियान कर्ताले बताएका थिए ।

महिनावारी शुरु भएपछिको उमेरका बालिकाले विद्यालय छाड्ने लगायतका समस्याले महिला स्वास्थ्य र वृद्धिविकासमा समेत असर पारेकाले कर हटाउँदा केही राहत हुने महिनावारी स्वास्थ्य अभियान्ता सुर्भि सिहँले बताइन् ।

सरकारले विलासिताको सामाग्री अन्तर्गत राखी वस्तु तथा सेवा कर लगाइएको भन्दै चर्काे विरोधका कारण कर हटाइएको हो ।

पुराना कपडा, बोरा लगाएतका वस्तुको प्रयोगले महिला स्वास्थ्यमा परेको गम्भीर असर प्रति भारतमा हस्ताक्षर अभियान चलाइएको थियो ।