स्मिथ र वार्नरमाथि एक वर्षे प्रतिवन्ध : “बल टेम्पिरिङ विवाद”

१४ चैत्र २०७४, बुधबार ०८:५६

चैत १४, काठमाडौं ।

बल टेम्पिरिङ विवादमा परेका स्टिभ स्मिथ र डेभिड वार्नरमाथि एक वर्षे प्रतिबन्ध लागेको छ । साथै क्यामरुन बेनक्राफ्टमाथि ९ महिना प्रतिवन्ध लगाइएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

यसको औपचारिक घोषणा हुन बाँकी छ ।

दक्षिण अफि्रकाविरुद्ध केपटाउनमा भएको तेस्रो टेष्टका क्रममा अष्ट्रेलियाका बेनक्राफ्टले बल टेम्पिरिङ गरेका थिए । यसबारे आफूसहित लिडरसिप टिमलाई पूर्व जानकारी रहेको स्मिथले स्वीकार गरेका थिए ।

 

 

यो विवाद सार्वजनिक भएसँगै स्मिथ र वार्नरलाई कप्तान र उपकप्तानबाट हटाइएको छ । साथै तीनै जनाले अष्ट्रेलियाले टुरबाट फिर्ता बोलाएको छ ।