स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड स्पान्योलसँग पराजित

२२ बैशाख २०७६, आईतवार १०:५६

काठमाण्डाै – स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड पराजित भएको छ ।

स्पान्योलले एट्लेटिकोलाई ३-० ले हरायो । पहिलो हाफको इन्ज्यूरी समयमा डिएगो गोडिनले आत्मघाती गोल गरेपछि स्पान्योलले अग्रता लिएको थियो ।

५२औं मिनेटमा बोर्जा इग्लियसले गोल गर्दै स्पान्योलको अग्रता दुई गोलमा लम्ब्याए । ८९औं मिनेटमा स्पान्योलले पेनाल्टी पायो । त्यस पेनाल्टीलाई बोर्जा एग्लियसले गोलमा परिणत गरेपछि एट्लेटिकोले तीन अकं स्पान्योललाई सुम्पियो ।

जितसँगै स्पान्योल ४७ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । एट्लेटिको ७४ अंकसहित दोस्रो स्थानमा छ । ला लिगा अन्तर्गत शनिबार नै भएको खेलमा लेभान्टेले रायो भालेकानोलाई ४–१ ले हरायो भने रियस सोसियडाडले डिपोर्टिभो एलभेसलाई १-० ले पराजित गर्याे ।