स्थानीय टोलीलाई सफलता

१ पुष २०७४, शनिबार ०६:२७

पुस १, काठमाडौं ।
सुदूर पश्चिमेली फुटबल सबभन्दा ठूलो प्रतियोगिता फारवेस्ट पशुपति कप फुटबल प्रतियोगितामा शुक्रबार स्थानीय टोलीह? पिएफए अत्तरिया र फारवेस्ट अत्तरिया स्पोर्टस एकेडेमीले सफलता हासिल गर्दै अन्तिम आठको टिकट काटेका छन् ।
धनगढी रगंशालामा पिएफए अत्तरियाले जुगेडाको मनकामना युवा क्लबमाथि २ ० को जित हाँसिल गर्दा फारवेस्तट अत्तरियाले भने सशस्त्र प्रहरी बलको एपिएफबाट वाकओभर पएको थियो । विशाल राईले १३आँै मिनेटमा गोल गरेपछि पिएफए अत्तरियाले अग्रता लिएको थियो । अभिशेक रिजालले २५औँ मिनेटमा गोल गर्दै टोलीको जीत पक्का गरे ।

पहिलो हाफमा पूरै मैदानभर निरिह ?पमा प्रस्तुत भएको मनकामनाले दास्रो हाफमा पुनरागमनको संकेत गरेको थियो । तर पाएको अवसरमा गोल गर्न नसक्दा टोलीले हार स्विकार्नु प¥यो ।
५ लाख ?पैैयाँभन्दा बढी नगद पुरस्कार रहेको फारवेस्ट पशुपति कप अन्तर्गत शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक फारवेस्ट पशुपति युवा क्लब “ए”ले नेपाल प्रहरीसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयाजकको “बी” टोलीले पशुपति स्किममर्ससँग खेल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख ?पैयाँ पाउनेछन् भने उपविजेताले डेढ लाख र विभिन्न ५ विधाका पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार ?पैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

-नागरिक