स्कुल बसको ठक्करबाट वीरगञ्जमा एक शिक्षिकाको मृत्यु

४ बैशाख २०७६, बुधबार १५:४४

वीरगञ्ज , स्कुल बसको ठक्करबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी अन्दाजी गुञ्जन चौरसियाको मुत्यु भएको हो ।

दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अलौं माविमा पढाउने उनी चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टेपछि स्कुल बसले चौरसियालाई किचेको थियो ।

बसको पछाडिको भागले किचेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।मोटरसाइकल चालक गुञ्जनको छोरा साहिल चौरसिया भने सकुशल छन् ।