सोलुखुम्बुमा एक घर जलेर नष्ट हुँदा ८५ लाख बराबरको क्षति

८ कार्तिक २०७६, शुक्रबार १०:०२

सोलुखम्बु , सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा एक घर जलेर नष्ट हुँदा ८५ लाख बराबरको क्षति भएको छ । बिहीबार साँझ स्थानीय खड्कबहादुर खड्काको घरमा आगलागी हुँदा ८५ लाख बराबरको क्षति भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

बिहीबार साँझ लागेको आगोले खड्काको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा २ तोला सुन, ६० हजार नगद, करिब ६ सय थान काठपातलगायतको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरेको छ ।

आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा ठूलो क्षति भएको हो । आगो निभाउनका लागि पर्याप्त श्रोत साधन र जनशक्ति नहुँदा घर पूर्ण रुपमा क्षति भएपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।