सोनिया गान्धीले दिइन् अध्यक्ष पदबाट राजीनामा

८ भाद्र २०७७, सोमबार १२:५४

फाइल फोटो

एजेन्सी , भारतीय कांग्रेसमा जारी विवादबीच सोमवार बसिरहेको कार्यसमिति बैठकमा अध्यक्ष सोनिया गान्धीले पदबाट राजीनामा दिएकी छन् ।

सन् २०१९ मा पार्टीले आमनिर्वाचन हारेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि सोनियालाई अन्तरिम अध्यक्ष बनाइएको थियो ।

अध्यक्ष सोनियाको १ वर्षे अन्तरिम कार्यकाल सकिनैलाग्दा कांग्रेसभित्र नयाँ नेतृत्वको विवाद र बहस चर्किएको छ । २ हप्ताअघि पार्टीका २३ नेताले अध्यक्ष सोनियालाई चिठी लेखेपछि कार्यसमिति बैठक बोलाइएको हो ।बैठकमा पार्टीको आगामी नेतृत्वबारे छलफल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।