‘सेल्फी किङ’ को जाली रुमाल

९ पुष २०७६, बुधबार १६:११

काठमाडौं , ‘सेल्फी किङ’मा अभिनेता विपिन कार्की शीर्ष भूमिकामा छन्। विपिन यसमा कमेडियनको रूपमा प्रस्तुत भएका छन्। उनले कमेडी कलाकारको जीवनमा आउने उतारचढावलाई आफूमार्फत प्रस्तुत गरेका छन्। ‘सेल्फी किङ’ नामले परिचित उनै हास्यकलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ।

यो फिल्म गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेका छन्। निर्देशक राउत यसमा निर्माताको भूमिकामा मात्र छन्। ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्।

विपिनसँगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सबिन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहनेछ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रुमाल’ बोलको गीतमा अभिनय गरेकी छन्। फिल्मको थियटर ट्रेलर रिलिज गरिएको छ भने केही दिनमा युट्युबमा समेत रिलिज गरिनेछ। फिल्ममा विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको संगीत, बी पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी रहेको छ।

भिडियो