सेनाद्वारा बम निष्क्रिय

१४ पुष २०७४, शुक्रबार १०:०९

पुस १४, काठमाडौ ।
धनगढी उपमहानगरपालिका–२ स्थित जिल्ला शिक्षा कार्यालय नजिक सडकछेउमा भेटिएको बम हिजो सेनाले निष्क्रिय पारेको छ ।


बिहान ६ बजेतिर उक्त बम देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । बोराडाँडीस्थित सैनिक ब्यारेकबाट गएको गएको टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । बिहान बम भेटिनेबित्तिकै प्रहरीले सेनालाई बम डिस्पोजको लागि आग्रह गरे पनि तीन घण्टापछि मात्र सेना बम भेटिएको स्थान पुगेको थियो ।
बम कसले के उद्देश्यले राखीएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए । बम भेटिइपछि स्थानीय त्रासित भएका थिए ।