सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र

२७ श्रावण २०७६, सोमबार ०९:५८

काठमाडौँ , नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ ।

उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जन अधिकारीमािथ छानविनपछि कारवाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

छानबिन समितिले ती अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा किर्ते कागजात बनाएको फेला पारेको हो ।

नक्कली प्रमाणपत्र पेस गरेका अधिकारीहरुलाई सुरुमा स्वेच्छिक राजीनामा दिएर सम्मानपूर्वक सेवाबाट बिदा हुने अवसर दिइने र त्यसो नगरे सेवाबाट बर्खास्त गर्दै जेल चलान गर्नेसम्मको तयारी भैरहेको सैनिक स्रोतले जनाएको छ ।यो समाचार आजको नागरिक दैनिकमा छ ।