सेक्स नगर्ने महिलामा चाँडै बुढ्यौली

२७ मंसिर २०७६, शुक्रबार १२:०९

एजेन्सी , सेक्स नगर्ने महिला चाँडै बुढी हुन्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, एक अध्ययनले यस्तो निश्कर्ष निकालेको छ ।

जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेक्षण प्रतिवेदन अनुसार, बढ्दो उमेरमा जुन महिला सेक्समा एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सेक्स गर्नसक्छन् । उनिहरु निरोगी पनि हुन्छन् र बुढ्यौलीले पनि चाँडो भेट्दैन ।

सर्वेमा जुन महिलाले सेक्स क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन सम्बन्धि रोगको शिकार हुने गरेको देखाएको छ । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुसँग सेक्स्युअल एक्टिभनेस र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो । जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् ।

अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौन गतिविधि त्याग गरेका थिए, उनीहरु चाँडै बुढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सेक्स आवश्यक रहेको जनाएको छ । क्यानडा नेपालबाट साभार