सुन प्रतितोला ७० हजार एक सय

२६ आश्विन २०७६, आईतवार १७:३१

काठमाडौं , आज सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ७० हजार एक सय र तेजावी सुन प्रतितोला ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार प्रतितोला ७० हजार चारसय रुपैयाँ रहेको सुन आइतबार तोलामा ३ सय रुपैयाँ घटेर ७० हजार १ सय रुपैयाँ कायम भएको हो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ ।