सुन चाँदीको मूल्य बढ्यो

७ पुष २०७६, सोमबार १२:४४

काठमाडौँ , सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ ।

आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ३०० ले बढेको हो ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५५ मा कारोबार भएको थियो ।