सुनको मूल्य स्थिर

५ फाल्गुन २०७६, सोमबार १५:२१

काठमाडौं , नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।