सुनको मूल्य घट्यो,हेर्नुहोस कती पुग्यो

२२ माघ २०७६, बुधबार १२:०१


काठमाडौं , केही समयदेखी उतारचढाव भइरहेको सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८०० रुपैयाँले घटेर सुनको कारोबार भइरहेको छ ।मंगलबार प्रतितोला ७६ हजारमा कारोबार भएको छापावाला सुन बुधबार प्रतितोला ७५ हजार २०० ले खरिदबिक्री भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ७४ हजार ९०० मा कारोबार भइरहेको छ ।